बाहुण्डाँगी । नेपाल जेसीजको आयोजनामा हुन लागेको क्षेत्र ‘क’ सम्मेलनका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा भदौ १७ र १८ गते हुने सम्मेलनका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिएको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । सम्मेलनको तयारी धमाधम भइरहेकाले यसलाई सफल बनाउन क्षेत्र क का सबै शाखाहरुले समयमै प्रि रजिष्ट्रेशन गरेर सम्मेलने सफल बनाउन सहयोग गर्नका लागि अध्यक्ष ढकालले आग्रह गर्नु भयो । रजिष्ट्रेशनका लागि शाखाले तोकेको रकम सनराइज बैंकको खाता नम्बर ०४११०९३३२७०१००१ मा जम्मा गर्न अध्यक्ष ढकालले आग्रह गर्नु भयो ।
सुन्दरहैरचा नगरपालिकाको इन्द्रपुरमा हुन लागेको सम्मेलनमा यस क्षेत्रका करिब ५५० सहभागि हुने अनुमान गरिएको निवर्तमान अध्यक्ष कृष्ण ओझाले बताउनु भयो ।

