मेचीनगर । झापा मेचीनगरका युवा व्यवसायी एवम् समाजसेवी सन्तोष खवासले आफ्नो जन्मदिनको अवसरमा पूर्वको प्रख्यात पर्यटकिय क्षेत्र कन्याममा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

सामाजिक कार्यमा सक्रिय खवास प्रत्येक बर्ष आफ्नो तथा परिवारको सदस्यहरुको जन्मदिनको अवसर पारेर बिशेष खालको गतिबिधि गर्दै आइरहेका छन् । त्यही कार्यलाई निरन्तरर्ता दिदै खवासले आज आफ्नो जन्मदिको अवसरमा पर्यटकिय स्थल कन्यामको लभ डाडामा नेपालको राष्ट्रिय झण्डा राखिदिएका हुन् ।
जन्मदिनको अवसरमा बर्खा झरीको समयमा पनि झापाबाट समाजसेवी, युवा व्यवसायी र सञ्चारकमीसहितको बिशेष टोली इलामको कन्याममा आएर नेपालको झण्डा फहराउन पाएकोमा आफुलाई खुशि लागेको खवासले बताए ।
कार्यक्रममा युवा व्यवसायी, श्याम प्रसाई (एसपी) समाजसेवी मिलन विश्वकर्मा, सञ्चारकर्मी प्रकाश पौडेल, डम्बर बराल, सन्तोष न्यौपाने, युवराज आचार्य, विजय बराललगायतको उपस्थिती रहेको थियो ।

