संघ \संस्था

बुटवल जेसीजद्धारा जितेश्वरी माविमा स्वास्थ्य शिविर सम्पन्न

बाहुण्डाँगी । बुटवल जेसीजको सप्ताहब्यापी कार्यक्रम “ जेसीज सप्ताह–२०२२“ अन्तर्गत पाचौ दिनको आँखा तथा दन्त शिविर कार्यक्रम’ सम्पन्न भएको छ। बुधवार जितेश्वरि मा।बि। बुटल १३ बेलबासमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बुटवल जेसिजले सामाजिक क्षेत्रमा गरेको सहयोग प्रशसनिय रहेको बताए।

बुटवल जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी चन्द्रमणी भुसाल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा ३५० बढी बिद्यार्थीहरुको आंखा तथा दन्त परिक्षण गरिएको थियो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न. १३ का वडा सदस्य झबिन्द्र थापा जितेश्वरि माबिका प्र.अ. उपेन्द्र ज्ञवालि सा प्र.अ. कमला खनाल लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो।

शिविरमा दन्त चिकित्शक डा. प्रतीक्षा पौडेल , नेत्र चिकित्सक डा. बिश्वास भण्डारीको नेतृत्वमा प्राबिधिकहरुले परिक्षण गरेका महेश पाण्डेले बताउनु भयो ।

उक्त कार्यक्रमको सञ्चालन बुटवल जसीज बर्ष २०२२ का महासचिव मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।