झापा । नेकपा (एकीकृत समाजवादी पार्टी) का सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीको कुनै सिटमा दाबी नभएको बताएका छन् ।
शनिबार झापाको विर्तामोडमा समाजवादी प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले गठवन्धनका कुरा सुनेर मात्र आफ्नो पार्टीले निर्णय गर्ने बताए ।
कार्यक्रममा उनले इलामेली जनताले फेरि एक पटक उठ्न आग्रह गरेको हुनाले चुनावमा उठ्न लागेको बताए । चुनावमा जनताले पार्टी भन्दा पनि व्यक्ति हेर्ने बताए ।
कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, पार्टिका केन्द्रीय सदस्य शारदा धिमिरे, जिल्ला उपाध्यक्ष प्रत्युस राना, जिल्ला सचिव विपि भट्टराई , समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तिर्थ सिग्देलको आतिथ्य रहेको थियो । कार्यक्रम सञ्चालन समाजवादी प्रेस संगठन झापाका जिल्ला उपाध्यक्ष दिलिप थापाले गरेका थिए ।

