मोरङ, अषाढ ३ । एक नम्बर प्रदेश सरकारले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक वर्ष २०७६-७७ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारले प्राथमिकतामा राखी कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार संगै खेलकुद क्षेत्रलाई पनि राम्रो बजेट बिनियोजन गरेको छ । आइतबार सार्वजनिक भएको बजेटमा प्रदेश सरकारले खेलकुद क्षेत्रको लागी सम्रगमा ४७ करोड ५५ लाख बिनियोजन गरेको हो ।
प्रदेश सरकारले खेलकुदलाई बिकास र बिस्तार गर्नको लागी खेलकुद बोर्ड गठन गर्ने योजना अगाडी सारेको छ । प्रदेश सरकारले एक स्थानिय तह एक खेलमैदान निर्माण गर्नको लागी ३६ करोड ६० लाख बिनियोजन गरेको छ । धरान उपमहानगरपालिकालाई खेलकुद ग्रामको रुपमा बिकास गर्नको लागी ५ करोड बिनियोजन भएको छ ।
बिराटनगरको शहीद मैदानमा फ्लडलाईट जडान रात्रिकालीन खेल सञ्चालन गर्नको लागी ५ करोड छुटिएको छ । इटहरी रङशालालार्य प्रादेशिक रङशाला र बैजनाथपुर रङशालालाइ अन्तराष्ट्रिय रङशालाको रुपमा बिकास गर्न लक्ष प्रदेश सरकारले लिएको छ । जसको लागी एक एक करोड रकम बिनियोजन भएको छ ।
एन्फा संगको सहकार्यमा हुने मुख्य मन्त्री कप र प्रदेश लिगको लागी पनि एक एक करोड छुटिएको छ ।

