संघ \संस्था

लागु औषध प्रयोग तथा दुव्र्यसन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

झापा, जेष्ठ ३२ । मेचीनगर ५ मा दुई दिवशीय लागु औषध प्रयोग तथा दुव्र्यसन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालजागरण मञ्च नेपालको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नवयात्रा पुनर्स्थापना केन्द्र कांकरभिट्टाले सहकार्य गरेको थियो । मेचीनगर वडा नम्बर ५ स्थित बालकल्याण माविमा अध्ययनरत बिद्यार्थी तथा नकलबन्दा चिया बगानमा कार्यरत मजदुरहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरीएको थियो ।

नवयात्रा पुनर्स्थापना केन्द्र कांकरभिट्टाको अध्यक्ष भीम लुंइटेल र परामर्शदाता रोशन दाहालले लागु औषध प्रयोग तथा दुव्र्यसन सम्बन्धि अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।
अन्तर्क्रिया कार्यक्रमको समापन सत्रमा मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापामगर लगायतको आतिथ्यता रहेको थियो । बालजागरण मन्च नेपालका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सदस्य भुमिका सुब्बाले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.