झापा, अषाढ २ । मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ सय ५२ जनाले रोजगारी पाएका छन् ।
नगरभित्रबाट ४ हजार १ सय ६७ वटा रोजगारीका लागि आवेदन दिएका थिए । तर रोजगार कार्यक्रमको मापदण्ड पुरा गर्ने २ सय ५२ जनाले मात्र रोजगार पाएका हुन ।

उनीहरुले नगरपालिकाको तर्फबाट दैनिक ५ सय १७ रुपैयाँका दरले ३० दिनका लागि रोजगार प्राप्त गरेका हुन् ।
उनीहरुले नगर भित्रका सडक मर्मत, बजार क्षेत्र सरसफाई, तटबन्धन गरिएको स्थानमा बृक्षारोण गर्ने,पर्यटकीय तथा सार्वजनिक स्थलहरुका फोहोर सरसफाइ गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने कार्यहरु गर्ने छन् ।

