बाहुण्डाँगी । यहि भदौ १७ गतेदेखि इन्द्रपुरमा हुने क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनका लागि गोर्खा पुगेर निम्तो गरिएको छ ।
शाखाका पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक नारायण कार्की र निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाको नेतृत्वमा गोर्खा पुगेको क्षेत्र ‘क’ को टोलीले सम्मेलनमा सहभागि हुन क्षेत्र ‘ख’ का सम्पूर्ण जेसीजकर्मीहरुलाई आग्रह गरेको हो । गोर्खा सम्मेलनको दोस्रो दिन क्षेत्रीय सम्मेलनको प्रचार गर्ने अवसर पाएको इन्द्रपुरले दुई दिन सञ्चालन हुन् सम्मेलनमा सहभागि हुन सबैलाई आग्रह गरेको हो । ‘हामी तपाईहरुलाई यहाँ जस्तै स्वागत गर्न आतुर छौँ’ सम्मेलन निर्देशक नारायण कार्कीले मञ्चबाट सहभागिलाई भन्नु भयो –‘तपाईहरुको सहभागिता नै सम्मेलन सफलताको माध्यम बन्नेछ । यो पटक हामीले सम्मेलनमा तालिमलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने तयारीमा छौ । बैंकरर्स अनिलकेशरी शाह, सेयरकर्ता सुभाष चन्द्र भट्टराईको तालिम रहेको छ ।’

शाखाका अध्यक्ष भवानी ढकालले सम्मेलनको अन्तिम तयारी भएको र प्रचार प्रसार गर्नका निम्ति गोर्खा सम्मेलनमा आएको बताउनु हुँदै सम्मेलनका विषयमा जानकारी गराउन निर्देशक कार्कीलाई आग्रह गर्नु भएको थियो ।

प्रचारका लागि क्षेत्र ‘क’ का निरुपित उपाध्यक्ष कुमारसिंह साँवा, इन्द्रपुर जेसीजका निवर्तमान अध्यक्ष कृष्ण ओझा, इटहरी जेसीजका अध्यक्ष लोकनाथ भण्डारी, अर्जुनधारा जेसीजका अध्यक्ष भीमबहादुर कुँवर, चारआली जेसीजका अध्यक्ष बिरु बेगा, बाह्रदशी जेसीजका अध्यक्ष पुष्पराज धमला, कमलनगर जेसीजका अध्यक्ष नारायण बस्नेत, जनकपुर जेसीजका अध्यक्ष राजु शाह, दमक जेसीजका निवर्तमान अध्यक्ष सुयोग खरेल, बाहुण्डाँगी जेसीजका कानुनी सल्लाहकार देबु बानियाँ गोर्खा पुगेका थिए ।

