संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा विद्यार्थीलाई सेनेटरी प्याड वितरण

बाहुण्डाँगी । मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो भन्ने नाराका साथ अगाडी बढेको धनकुटा लेडी जेसीजले दीप इङ्लिस सेकेण्डरी बोडिङ स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला स्वास्थ्य सचेतना तथा छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको हो ।


धनकुटा लेडी जेसिजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजन मुनु श्रेष्ठले गर्नुभएको थियो । धनकुटा लेडी जेसीज बर्ष २०२१ का अध्यक्ष बिसिका श्रेष्ठको अध्यक्षता एवं दीप इङ्लिस सेकेण्डरी बोडिङ स्कुलका प्रिन्सिल केसव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अस्पताल धनकुटाका मेडिकल अधिकृत डाक्टर भरोसा भट्टराईले महिनावारी भएको समयमा हुन सक्ने र भइरहेका समस्या, समाधान, प्याड लगाउने समय लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।


यसैगरी हस्ताक्षर गर्ने तरिका र लक्ष्य निर्धारणका लागि डायरी तयारिलगायतका विषयमा जिल्ला अस्पताल धनकुटाका प्रशासन प्रमुख राजन प्रसाद पोखरेलले सहजिकरण गर्नु भएको आयोजक संस्थाका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा महिनावारि भएको समयमा प्याड नभिजे पनि ६ देखि ८ घण्टा भित्रमा प्याड चेन्ज गर्नुपर्ने, तर धेरै रगत बगेको खण्डमा तागतिलो सुप, खानेकुरामा जोड दिनु पर्ने, भारि काम नगर्ने, हलुका व्यायाम गर्ने लगायतका विषयमा बिध्यार्थीहरूलाई सचेत गराउनु भएको थियो ।


कक्षा ९ र १० मा अध्ययनरत विध्यार्थी बहिनिहरूलाई स्यानिटरि प्याड समेत वितरण गरिएको थियो । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष जेसि प्रमिसा श्रेष्ठ, अस्पतालका प्रशासन अधिकृत राजन प्रसाद पोखरेल, शाखाका पदाधिकारीलगायतको उपस्थिति रहेको उपाध्यक्ष साबित्रा राईले बताउनु भयो ।