संघ \संस्था

तुल्सिपुरनगर जेसीज र मल्दिभ्सको जेसीआई काफुबिच माल्दिभ्समा भेटघाट

तुल्सिपुरनगर जेसिज र माल्दिभ्स स्थित काफुबिच माल्दिभ्समा भेटघाट सम्पन्न भएको छ । तुल्सिपुरनगर जेसीज बर्ष २०२१ का कार्यकारीणि उपाध्यक्ष बसन्त भण्डारीको नेतृत्वमा पूर्ब अध्यक्षहरु बिमल कुमार पौडेल, दिपेश भण्डारी, निबर्तमान अध्यक्ष मोहन सुनार, महासचिव दामोदर न्यौपाने, उपाध्यक्ष थुमन बिश्वकर्मा, डाइरेक्टर माधब प्रसाद न्यौपाने, बोर्ड सल्लाहकार केसबराज के.सि., जन सम्पर्क अधिकारी चेतन कडेल, कोर्डिनेटर सुरज भण्डारी , कान्तुराम खनाल लगाएतका जेसिज युवाहरुको टोलीले माल्दिभ्समा भेटघाट गरेका हुन् । तुल्सिपुरनगर जेसीजको अन्तर्राष्ट्रिय स्तरसम्म सम्बन्ध स्थापित गर्ने उदेश्यले अन्तर्राष्ट्रिय विभिन्न शाखा भिजिट गर्ने क्रममा माल्दिभ्स स्थित काफुका पदाधिकारी सँग सिस्टाचार भेटघाट भएको हो ।

सो क्रमश तुल्सिपुरनगर जेसिजका गतिविधि र काफुका गतिविधिको जानकारी आदानप्रदान गरिएको थियो भने आगामीदिनमा दुबै शाखालाइ मित्रशाखाको रूपमा लैजाने, सहयोग आदानप्रदान गर्ने गरि छलफल भएको थियो । काफु जेसीज माल्दिभ्सका अध्यक्ष नोर रास्याडकोको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण काफु जेसीज बर्ष २०२१ का महासचिव अहमेड माहिनले गर्नु भएको कार्यक्रमको जानकारी तुल्सिपुरनगर जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि नेत्रलाल भट्टराई ( नारायण ) ले दिनुभएको छ । व्यवसायिक भ्रमणमा दुवही र माल्भ्सिको भ्रमणमा केही दिन अघि तुलसीपुरनगर जेसीजको टोली त्यस तर्फ प्रस्तान गरेको थियो ।