मेचीनगर, फागुन २६ । तीन महिनादेखि बन्द रहेको क्षेत्रिय समन्वय कमिटी–१ तथा मेचीनगर नगर कमिटीको कार्यालय पुन नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ ।

तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो । तर सरकारले संसद विघटनको सिफािरस गरेपछि दुइ धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन् ।

बन्द रहेको पार्टी कार्यालयमा सर्बोच्च अदालतले नेकपालाई पुर्ववत अवस्थामानै फर्किएको सन्देश सहितको फैसल्ला गरेपछि बुधबारबाट नेकपा एमालेको बोर्ड राख्दै पार्टी कार्यालय खुलाएको नेकपा एमालेका नगर अध्यक्ष रापु पोखरेलले जानकारी दिए ।
पार्टी कार्यालय खुलाउन माधव नेपाल पक्षका नेता तथा कार्यकर्ता समेत सहभागि भएका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले एमालेलाई अगाडी बढाउन सबैको अहम् भुमिका भएको स्मरण गर्दै पार्टी केन्द्रिय कार्यालयको निर्देशनका आधारमा पार्टी एक भएको बताए । “माओवादी केन्द्रसँगको सहकार्य र एकतामा नेकपाले दुई तिहाइको सरकार बनाएको थियो”, पाठकले भने “आगामी दिनमा नेकपा एमालेकै दुई तिहाई बहुमत आउने गरि हामी सबै लाग्नुपर्छ ।”
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सर्बोच्चको आदेशलाई मानेर नेकपा एमालेमै फर्किएकोमा माधव नेपाल सहित उहाँको टिमलाई धन्यवाद दिए । उनले भनीन् घर झगडा घरमा नै मिलाउनु पर्छ अब सबैले आफ्नो गल्ती सुधारेर पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प छैन ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य टंक भट्टराई, प्रदेश सदस्य गोपाल बुढाथोकी, निलकण्ठ तिवारी, जिल्ला सदस्य देव कुमार राई, हेम कार्की, रेणुका डागी, भुपाल ओली, चन्द्र प्रसाई, नेकपा एमालेका अग्रज नेता बुद्धिनाथ पौडेल, युवा संघ नेपालका पूर्व केन्द्रिय सचिव राजु कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
एमाले मेचीनगर अध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत देवकुमार राई र सञ्चालन नेकपा एमाले मेचीनगर सचिव कञ्चन तामाङले गरेका थिए ।

