काठमाण्डौं, अषाढ ४ । सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन बिज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।
न्यायाधीशद्वय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको बिषयमा परेको रिट सम्बन्धमा सो फैसला सुनाएको हो ।
आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो । जसमा हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

