साहित्य

गजल

समय सङ्गै सबै कुरा चलेको भए राम्रो हुन्थ्यो !
मन भन्दा पहिले शरीर ढलेको भए राम्रो हुन्थ्यो !

निस्वार्थ यो मन तर पोलि रह्यो याद हरुले !
मन भन्दा पहिले यो तन जलेको भए राम्रो हुन्थ्यो !

आफ्नै सम्झी तिमिलाइ पछ्याइरहे टाडा सम्म !
तिम्रो कि त मेरो पाइला गलेको भए राम्रो हुन्थ्यो !

पिरतिको बिरुवा त्यो रोपेको थे समयमै !
सिजन बित्यो समयमै फलेको भए राम्रो हुन्थ्यो !

भगवान सन्सार अनि बेग्ला बेग्लै बिचार बनाउछन !
मान्छे आफू बाच्न आफ्नै तालमा अधिकार बनाउछन !

किन किन आफ्ना , आफ्ना रहदैनन त्यो बेला देखि !
जब मन बुझ्दैन नि तब देखि आखाकै कसिङ्गार बनाउछन !

हो चाहिन्छ नै जरुरी पनि हो मानिस भएपछी मानिस सङ्ग !
तर कौडिमा बिक्ने किन दुनियामा यस्तो प्यार बनाउछन !

चुपचाप बसेर हेर्नुहोस , मिल्थ्यो भने अझ यहाँ !
अवसर मिल्यो कि प्रेमी प्रेमिका हजार बनाउछन !

यहाँ जे हुनु पर्थ्यो दुनियामा पक्कै त्यो त भएन किन !
के भन्नू देखिन्छ नै खुलम खुल्ला देहलाइ व्यापार बनाउछन!

सौगात कट्टेल , देउमाइ नगरपालिका ९ जितपुर, इलाम

Leave a Reply

Your email address will not be published.