शिक्षा

अभिभावक भेला तथा दाता सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर १३ दुहागडी स्थित शान्ति आधारभूत विद्यालयले अभिभावक भेला तथा जग्गा दाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम राजवंशीको सभापतित्व तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्याक्रममा विद्यालयको जग्गा दाता कौशिला रिजाललगायतलाई नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीलगायतले सम्मान गरेका थिए । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक हृदय राजबन्सी, नगर शिक्षा अधिकृत पबित्रा ढकाल, बाल शुबोधिनी माविका प्रअ विश्व थापा सहित स्थानिय जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि,शिक्षासेवि एवम अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममको स१चालन प्रधानाध्यापक टेक प्रसाद भारतीले गरेका थिए ।