समाचार

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै, सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको विषय पेचिलो बन्दै गइरहेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन बिहीबार पनि बैठक बोलाइएको कार्यदल सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन बिहीबार नै शीर्ष नेताहरूलाई बुझाइनेछ । पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ।

त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो।