झापा । चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तोक्मे बुढो) अभिनित ‘माटो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजेश पायल राईको आवाज रहेको गीतको भिडियो तोक्मे बुढो युवट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
यो म्युजिक भिडियो नेपाली भाषी भुटानीहरुको विषयमा बनेको छ । नेपाली भाषी भुटानीहरुको जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मर्फत देखायएको छ ।
भुटानबाट खेदिएर शरणार्थी जिवन बिताउन बाध्य बनेका नेपाली भाषी भुटानीले पाउने दुःख र कष्टलाई यसले मार्मिक ढंगमा उँधिनेको छ । भुटानी शरणार्थीहरुले जिवनमा भोग्नु परेको पिडालाई म्युजिक भिडियोमा देखाइएको छ ।

विल्सन विक्रम राई (तोक्मे बुढो) ले लेखेको गीतलाई तोरिम्पाहाङ राईले संगीतबद्ध गरेका हुन् । भिडियोमा विल्सन विक्रम राई, रजनी गुरुङ, शिशिर चम्लागाई, विशाल लिम्बु, बिक्रम धिमाल, लक्ष्मी राईलगायतले अभिनय गरेका छन् ।


