बाहुण्डाँगी । यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै गछिया जेसीज र ट्राफिक प्रहरी पोष्ट गछियाको सयुक्त आयोजनामा यात्रु सहयता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको दशै र तिहारलाई लक्षित गरी यात्रुहरुले कुनै पनि समस्या बेहोर्नु नपरोस भन्ने उदेश्यका साथ यात्रु साहयता कक्ष स्थापना गरिएको गछिया जेसीजका अध्यक्ष मदन दाहालले बताउनु भयो । चाडपर्वमा यात्रुहरुको घुइँचो हुने र यात्रा गर्दा विभिन्न समस्या आउने गरेकोले यसलाई न्यूनिकरण गर्न र दशै तिहारमा आवतजावत गर्ने यात्रुहरुलाई सहज होस भन्नका लागि यो अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताउनु भयो । यो समयमा सवारी साधन नरोक्ने, यात्रुहरु भाडादरमा ठगिनु पर्ने, विभिन्न चोरीहरु हुने र यसलाई रोक्नका लागि यसले सहयोग हुने ट्राफिक प्रहरी गणेश दाहालले बताउनु भयो ।

