बाहुण्डाँगी । गैडाकोट जेसीजको २०२२ को जारी जेसीज सप्ताहमा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको गैडाकोटले पत्रकार र जेसीजबिचको मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । प्रतियोगितामा जेसीज टिमले पत्रकारको टिमलाई १ का विरुद्ध ३ गोल गर्दै जित निकालेको थियो ।

कार्यक्रम शाखाका अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने शाखाका पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।



