बाहुण्डाँगी । बीसहजार जेसीजको जेसीज सप्ताहको अवसर पारेर मैत्रीपूर्ण फुटसल, प्रभावकारी भाषणकला तालिम र साहरा घरमा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न शाखाका २०२२ का अध्यक्ष र पूर्व अध्यक्षहरुबचि भएको मैत्रीपूर्ण फुटसल सम्पन्न भएको थियो । प्रतियोगितामा २०२२ का अध्यक्षहरुले पूर्व अध्यक्षहरुलाई ५ गोलका विरुद्ध ८ गोल गर्दै विजयी भएका थिए । विजेता टिमलाई मेडल र प्रमााण पत्र प्रदान गरिएको थियो । प्रतियोगिता सन्तोष रिमालको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यसैगरी सप्ताहकै अवसरमा प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको थियो । शाखाका पदाधिकारीहरुका लागि आयोजित तालिम नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा सफल टेनर शिवप्रसाद भुषाले तालिम प्रदान गर्नु भएको थियो ।

यसैगरी, सप्ताहकै अवसरमा छोरी भित्र सम्भावना को खोजी ( साहाराको घरुु मा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको थियो ।
शाखाका अध्यक्ष बेदराज न्यौपानेको सभापतित्व तथा नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको महासचिव तथा सप्ताहका मुल संयोजक विजय न्यौपानेले जानकारी दिनु भयो ।




