संघ \संस्था

मेचीनगरबाट सुरु भयो सुदूरपूर्व डटकम

मेचीनगर । मेचीनगर क्षेत्रबाट सुदूरपूर्व डटकम नामक अनलाइन सुरु भएको छ ।

पत्रकार जिआर धितालले शिक्षा क्षेत्रलाई प्राथमिकता दिने उद्देश्ययले शनिवबार सुरु गरेको अनलाइनको उद्घाटन पत्रकार महासंघका अध्यक्ष एकराज गिरीले गरे एक कार्यक्रमबीच गरेका हुन् ।

धिताल सम्पादक रहेको योसँगै मेचीनगरमा अनलाइनको संख्या ८ पुगेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लवका अध्यक्ष डम्बर बराल, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, देवी माविका सह प्रधानाध्यापक लिलाप्रसाद भण्डारीलगायतनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।