झापा । झापा मेचीनगर ४ बाहुण्डाँगी स्थित भिरपाखा रेष्टुरेण्ट एण्ड फनपार्क सञ्चानलमा आउने भएको छ । उद्घाटनको दिन गाइका अस्मिता अधिकारीको प्रस्तुती सहित बिभिन्न कार्यक्रम हुने भएको हो ।
स्थानिय उद्यमी राजेस बास्कोटाले फनपार्कको सञ्चालन गरेका हुन । बाहुण्डाँगीमा यस अघि उनीसँगै साथीहरुले सञ्चालन गरेको हात्ती रिसोर्ट सफलताका साथ सञ्चालन भइरहेको छ । गाईपालन तथा अन्य व्यवसाय सफलता पूर्वक सञ्चालन गरीरहेका उद्यमी बास्कोटाले ३ करोड ५० लाखको लानियमा उक्त रेष्टुरेण्ट तथा फनपार्क निर्माण गरेका हुन । बास्कोटाका अनुसार क्रमिक रुपमा फनपार्कको स्तरोन्नती हुदैँ जाने र पूर्ण रुपमा फनपार्कको निर्माण सम्पन्न हुँदा करिब ५ करोड ५१ लाख लगानी हुने छ ।
बास्कोटालाई पार्क बनाउन प्रोजेक्ट लोन मेघा बैँक विर्तामोडले ऋण सहयोग गरेको बताईएको छ । बैँकले उक्त व्यवसायको लागि असल ऋणीका रुपामा उनको व्यवसायमा साथमा साथ मिलाएको बताएको छ ।

पार्कको उद्घाटन संगितमय
दिपावलीको शुभ अवसर पारेर बास्कोटाले पार्कको उद्घाटन गर्ने भएका छन । शनिबार, आइतबार र सोमाबर गरी ३ दिन उद्घाटन कार्यक्रम रहेको बताइएको छ । उद्घाटनमा ५ गते अस्मिता अधिकारी, ६ गते गायक बिस्वास उप्रेती र समिक्षा दाहाल तथा सात गते वेब व्याण्ड र लाहुरेको प्रस्तुती रहने आयोजकले बताएको छ । उद्घाटको कार्यक्रम अन्तरगत हरेक साँझ सांगीतिक कार्यक्रम साथै विभिन्न डान्स ग्रुपहरुबाट नृत्यको कार्यक्रमहरु समेत रहेको छ । स्वादिष्ट परिकारहरुको साथमा रमणिय र सुन्दर वातावारणमा पाहुनाहरुको सत्कार गरिने सञ्चालक बास्कोटाले बताउनुभयो । सेमीनर, गोष्टी, कार्यशाला तथा पिकनिक तथा अन्य सबै कार्यक्रमहरुको लागि उपयुक्त र उत्कृष्ठ गन्तव्यको रुपमा पूर्वमै ठूलो क्षेत्रफलमा पार्क सञ्चालन हुन लागेको र उक्त पार्कले पूर्वको पर्यटनलाई एक उचाइमा लिएर जाने हात्ती रिसोर्टका सञ्चालक तथा युवा उद्यमी निरज बोगटीले बताए ।


