झापा, मंसिर ११ । झापाको मेचीनगर बाट उत्पादन हुदै आएको डालमिया पानीले भ्रमण बर्ष २०२० को प्रचार प्रसार सुरु गरेको छ । भ्रमण बर्ष २०२० सफल पार्न डालमिया पानीले भिजिट नेपाल २०२० को लोगो लगाएर आफ्नो उत्पादनलाई बजारमा वितरण गर्न थालेको हो ।

भ्रमण बर्ष २०२० लाई स्थानिय क्षेत्रबाट महत्वपूर्ण सहयोग गरेको भन्दै नेपालको पुर्वी प्रवेश द्वार मेचीनगर स्थित काँकरभिट्टाबाट उत्पादन भई पुर्वका ग्रामिण तथा सहरी क्षेत्रमा ब्यापक बिक्री वितरण गर्दै आएको डालमिया पानी उत्पादन कम्पनीलाई नेपाल सरकारका माननिय पर्यटन तथा संस्कृति मन्त्रि योगेस भट्टराईले प्रशंसा गरेका हुन् ।

साथै मन्त्रि भट्टराईले सबै उद्योगी ब्यवसायी, ब्यापारीलगायत सम्पूर्ण नेपाली नागरिकलाई आ–आफ्नो तर्फबाट भ्रमण बर्ष २०२० सफल पार्न आग्रह गरेका छन् ।
यता डार्लमिया पानीका प्रोपाइटर बिजय डालमियाले माननिय पर्यटन तथा सस्कृति मन्त्रि भट्टराईले आफ्नो फेसबुक एकाउन्ट मार्फत आफ्नो पानीको प्रशंसा गर्नु भएकोमा थप हौसला मिलेको बताएका छन् । डालमिया ब्यापार, व्यवसाय, सामाजीक कार्य संगै राजनीतिमा पनि सक्रिय छन् ।

डालमियाले आफ्ना ग्राहक तथा शुभ चिन्तकहरुलाई खुसी को खबर पनि शेयर गरेका छन् । उनले भनेका छन् हाम्रो उद्योगले ISO सर्टिफिकेट पहिला नै प्राप्त गरेको थियो । हिजो बाट हाम्रो उद्योगले HACCP सर्टिफिकेट पनि प्राप्त गर्न सफल भएको र यो सबै यहाहरुको माया र सद्भावले मात्र सम्भव भएको बताएका छन् ।

