राजनीति

मिचिएको भुभाग फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल नगरेको कांग्रेस सभापति देउवाको आरोप

विराटनगर, मंसिर १० । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अतिक्रमति लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ताका लागि वर्तमान सरकारले कूटनीतिक पहल नगरेको आरोप लगाउनु भएको छ । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले अतिक्रमित जमिन फिर्ता गराउन सबैको अभूतपूर्ण समर्थन रहेपनि सरकारले भूमि फिर्ता गराउन पहल नगरेको आरोप लगाउनु भएको हो ।

यस भन्दा पहिले कास्कीमा देउवादे भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाउनु भएको थियो । चर्को आलोचनापछि कांग्रेस प्रवत्ता विश्व प्रकाश शर्माले त्यसको बचाउ गर्नुभयो । आज पनि उहाँले उक्त बयान दोहोर्याउनु भएको छ । भारतले नै कालापानी र सुस्ता विवादास्पद हो भनेर स्वीकारे पनि भारतले कस्मिरजस्तै कालापानी पनि आफ्नो नक्सामा पारेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.