कला

बहुभाषिक पाठशालाको चौथो वार्षिक उत्सव सम्पन्न

इलाम, मंसिर ११ । इलामको चुलाचुली गाउँपालिका १ स्थित “फाल्गुनन्द लाफयङ् बहुभाषिक पाठशाला” को चौथो वार्षिकउत्सव तथा किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ७६ औं जन्मोत्सव भब्यताका साथ मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले माङ्गेना हिमको शिलान्यास गरिका थिए । साथै सोहि कार्यक्रममा कवि सुन्दर कुरूपलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, उपाध्यक्ष, १ नम्बर वडा अध्यक्ष पुर्ण लावती, ३ नम्बर वडा अध्यक्ष नरेन्द्र लावती, हाम्रो खबरपाटी डटकमका सम्पादक त्रिलोचन गौतम, चुलाचुली शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, समाजसेवी गणेश फागो, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।

समाज सुधार समूह नेपालले साँस्कृतिक नृत्यले स्वागत गरिएको कार्यक्रममा गायिका सुनिता थेगिम, न्युसन राईले गीत प्रस्तुत गरेका थिए ।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको माङ्गेना चोत्लुङ कार्यक्रम चुलाचुली–१ स्थित वहुभाषिक पाठशालाको प्राङ्गणमा डम्बरकुमार तुम्बापोको अध्यक्षतामा भएको थियोे ।

Leave a Reply

Your email address will not be published.