झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–१ का साझा उम्मेदवार शर्माले झापा क्षेत्र–१ मेचीनगर नगरपालिका–९ स्थित कवि शिरोमणी मावि मतदान केन्द्रबाट बिहान ९ बजेर १५ मिनेटमा मतदान गरेका हुन्।
मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री शर्माले ‘गठबन्धन विजयी हुनेमा आफु ढुक्क रहेको प्रतिक्रिया दिए । उनले भने, स्थानीय तहको नतिजा जस्तै यो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि गठबन्धन पहिलो हुनेमा आफू विश्वस्त रहेको
यतिबेला झापाका सबै क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

