झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेची होटल व्यवसायीको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका छन् । बुधबार नगर प्रमुख बुढाथोकीले मेचीनगर ६ मनमोहन टोलमा रहेको दुई तल्लाको नयाँ भवनको शिलान्यास गरेका हुन ।
संघले ६ धुर जग्गामा निर्माण शुरु गरिएको भवन निर्माणको लागि नगरले १० लाख रुपैयाँ दिएको छ भने ३५ लाख रुपैयाँ कुल लागत अनुमान गरिएको मेची होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार (गोपाल) श्रेष्ठले जानकारी दिए ।
६ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणका लागि ठेक्का दिइसकेको अध्यक्ष श्रेष्ठले बताए । शिलान्यास कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, संघका पूर्व अध्यक्ष दिलकुमार पाख्रिन, सचिव नरेन्द्रप्रकाश सिटौलालगायतको सहभागिता रहेको थियो ।

