खेलकुद

विश्वकप लिग–टू : नेपालद्वारा पपुवा न्युगिनी पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टूको जारी शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले पराजित गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाउँदै पीएनजीलाई जितका लािग २९८ रनको लक्ष्य दिएको थियो।

तर, पीएनजी २४५ रनमा अल आउट भयो ।पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि जित हासिल गर्न असफल भए ।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए ।दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए।