झुलन रेग्मी
मेचीनगर, असार २३ । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल टेङ्की) राखेको छ ।
नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको हो । सेवा दलका विद्यार्थीको सहयोगमा बनाइएको उक्त टेङ्कीको क्षमता ५ सय लिटर रहेको सेवा दल होराइजका समन्वय शिक्षक विमलकुमार शाहीले बताए । हात धुने उक्त टेङ्कीको पानीमा सेनेटाइजर प्रयोग गरिएको छ ।

दुवै स्थानमा राखिएको हात धुने टेङ्की स्थानीय संस्थाको संरक्षणमा रहनेछ ।
धुलाबार बजार सिरानमा राखिएको टेङ्कीको संरक्षण सन्जीवनी महिला विकास
संस्थाले र मोडमा राखिएको टेङ्कीको संरक्षण धुलाबारी युनिटीले गर्ने भएको छ
। हात धुने टेङ्कीको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग
थापाले निरीक्षण गरेका थिए ।

हात धुने टेङ्की राखिएपछि दुवै स्थानमा सचेतना कार्यक्रम पनि सञ्चालन
गरिएको छ । धुलाबारी मोडको कार्यक्रममा मेचीनगर वडा नं १० का वडाध्यक्ष
सुवेश पनेरु, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश
चौधरी, धुलाबारी युनिटीका संयोजक प्रकाश खड्कालगायतले सचेतना मन्तव्य
राखेका थिए ।
यस्तै, धुलाबारी सिरानको कार्यक्रममा मेचीनगर वडा नं ९ का
वडाध्यक्ष गोपाल खड्का, सन्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका
डाँगी, सहारा साकोसका निर्मल दाहाल, प्रेम डाँगीलगायतले मन्तव्य राखेका थिए
।

दुवै कार्यक्रममा इस्ट होराइजनका प्रिन्सिपल सन्जीव राईले औचित्यमाथि
प्रकाश पारेका थिए भने सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।
शैक्षिक तथा सामाजिक क्षेत्रमा अगाडि रहेको इस्ट होराइजनले सोही अवसरमा
धुलाबारी ट्राफिक पोस्टलाई स्वास्थ्य सुरक्षा सामाग्री पनि दिएको छ । साबुन
तथा माक्स सर्वसाधारणलाई वितरण पनि गरिएको छ ।

