हरि प्रसाद दाहाल काठमाडौं, असार २३ । मन्त्रिपरिषदको आज बसेको बैठकमा दुई जनासम्म यात्रु राखी ट्याक्सी सञ्चालन गर्न दिने तयारी र ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल गरेको छ ।। एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ। ‘यसबारे कोभिड(१९ Read More…
Day: July 7, 2020
पार्टी सदस्य र सांसदबाट बर्खास्त भईन् सरिता गिरी
काठमाडौं, असार २३ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र संसद सदस्यबाट निष्कासित भएकी छन् । सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न भएको संविधान संशोधन बहिस्कार गरेकी थिइन् । पार्टीले संशोधनको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो ।
झापाको गौरादहमा कोरोना संक्रमित वृद्धा महिलाको सम्पर्कमा आएका १ सय १ जनाको स्वाब संकलन
विकास घिमिरेझापा, असार २३ । झापाको गौरादह नगरपालिका १ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीया वृद्धा महिलामा कोरोना संक्रमण पुष्टिभएपछि संक्रमण फैलिन नदिन संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय १ जनाको आज स्वाब संंकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोेविन्द श्रेष्ठले जानकारी दिए । पिसिआर परीक्षण Read More…
कोरोना रोक्न इस्ट होराइजनको पाइडल टेङ्की
झुलन रेग्मी मेचीनगर, असार २३ । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल टेङ्की) राखेको छ । नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको Read More…
प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त
काठमाडौं, असार २३ । सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली Read More…
सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित
काठमाडौं, असार २३ । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा एक करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो Read More…






