अन्य

सहारा साकोस : वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रद्वारा विविध कार्यक्रम

मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रले विविध कार्यक्रम गरी मनाएको छ ।

सहारा नेपाल साकोस इटाभट्टा सेवा केन्द्रले वार्षिक उत्सवको अवसरमा आज आफ्नो सेवा क्षेत्रका ५ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले सोही अवसरमा मेचीनगर-८ स्थित दुर्गा मन्दिरमा रङ्ग रोगन गर्नुका साथै गोकुल मार्गमा जेब्रा क्रसिङ्ग समेत बनाएर संस्थाको वार्षिक उत्सव मनाएको हो ।

मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कर्मचारी, सेवा केन्द्र उपसमितिका सदस्यलगायतको उल्लेख्य सहभागी रहेको थियो ।

इटाभट्टा सेवाकेन्द्र उपसमितिका संयोजक राजनकुमार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा प्रमुख चन्द्रकला पाैड्यालले गरेकी थिइन् ।

सहारा साकोसले मंगलवार सबै सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेर वार्षिक उत्सव मनाएको छ ।