बाहुण्डाँगी । धुलाबारी जेसीजको जेसीजको आयोजनामा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । शाखाको सप्ताह अन्तर्गत पाँचौ मङ्गलबार मेची उद्योग वाणिज्य संघको सभाहलमा तालिम सम्पन्न भएको हो । तालिममा ३२ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल जेसीजका तालिम प्रशिक्षक साथै नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषालले सहजीकरण गर्नु भएको थियो Read More…
Day: April 4, 2023
सहारा साकोस : वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रद्वारा विविध कार्यक्रम
मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रले विविध कार्यक्रम गरी मनाएको छ । सहारा नेपाल साकोस इटाभट्टा सेवा केन्द्रले वार्षिक उत्सवको अवसरमा आज आफ्नो सेवा क्षेत्रका ५ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले सोही अवसरमा मेचीनगर-८ स्थित दुर्गा मन्दिरमा रङ्ग रोगन गर्नुका साथै Read More…
अटो चालकलाई दियो सहारा धुलाबारीले ज्याकेट
मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा धुलाबारी सेवा केन्द्रले मंगलवार अटो चालकलाई ज्याकेट वितरण गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्र उपसमितिका संयोजक भगिरथ शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना अटो चालकलाई ज्याकेट, संस्थाको प्रतिवेदन तथा क्यालेन्डर वितरण Read More…
मेचीनगरमा लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीनदिने लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू भएको छ । मंगलबार एक कार्यक्रमको बिच कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बुढाथोकीले अभिमुखीकरण तालिमले सहभागी प्रशिक्षार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । Read More…
सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीलाई
झापा । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । झापाको विर्तामोड–२ स्थित चारपानेमा मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार Read More…
राष्ट्रिय स्वतन्त्र पार्टी कमल सभापतिमा केदार चापागाँई
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाँई चयन हुनुभएको छ । आईतवार चैत १९ गते कमल गाउँपालिकामा भएको वृृह्त भेलाबाट चापागाँई सर्व सम्मत चयन हुनु भएको हो । कमल बडा नम्बर ३ स्थित श्री सिंहदेबी सामुदायिक भवनको सभा हलमा सम्पन्न पार्टीको प्रथम भेलाले सभापतिमा केदारनाथ चापागाँई सहित १७ सदस्य समिति गठन Read More…
मेचीनगर सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा शिशिर, सचिवमा प्रकाश
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो । मेचीनगरले पालिका स्तरमा कोशी प्रदेशमा नै पहिलोपटक सञ्चार प्रतिष्ठान गठन गर्दै नगरलाई सञ्चारमैत्री बनाउने अभियान थालेको छ । नगरपालिकाले अब सञ्चार क्षेत्रका सम्पूर्ण काम कार्वाही पत्रकारहरू कै माध्यमबाट सञ्चार प्रतिष्ठान मार्फत Read More…







