बाहुण्डाँगी । धुलाबारी जेसीजको जेसीजको आयोजनामा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।
शाखाको सप्ताह अन्तर्गत पाँचौ मङ्गलबार मेची उद्योग वाणिज्य संघको सभाहलमा तालिम सम्पन्न भएको हो । तालिममा ३२ जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई नेपाल जेसीजका तालिम प्रशिक्षक साथै नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषालले सहजीकरण गर्नु भएको थियो ।

शाखाका अध्यक्ष योगेश राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त जेसी सुनिल तिमिल्सिनाज्युको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर अनिल भेटवाल पुर्व अध्यक्ष राजिव प्रसाईं लगायतको सहभागिता रहेको
थियो ।
जेसीज सप्ताहअन्तर्गत भोलि बुधबार पुरस्कार वितरण समारोह साथै जेसीज सप्ताह समापन कार्यक्रम रहेको शाखाका सहसचिव शैलेश गौतमले बताए ।

