अर्थ राजनीति

पूर्व सञ्चारमन्त्री बस्नेतलाई ६१ करोड लुकाएको आरोप

काठमाण्डौं, श्रावण ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मोहनकुमार बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ लुकाएर राखेको तथ्य फेला पर्न आएको छ ।
काठमाण्डौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको छ । विभागले सहकारीमा रहेको बस्नेतको ६१ करोड रुपैयाँ ‘फ्रिज’ गरेर अनुसन्धान सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थापछि सहकारीमा समेत सम्पत्ति शुद्धिकरण कार्यान्वयनमा ल्याएपछि उनले निक्षेप राख्ने वित्तिकै त्यसको जानकारी वित्तीय जानकारी ईकाइ र सम्पत्ति शुद्धिकरण विभागमा पुगेको थियो ।
बस्नेतको नाममा ठूलो रकम खातामा जम्मा भएपछि विभाग अलर्ट भएर अनुसन्धान तत्कालै थालेको छ । प्रारम्भिक अनुसन्धानमा बस्नेतले कर छलीबाट आएको रकम जम्मा गरेर राखेको अनुमान गरिएको छ । प्रारम्भिक अनुसन्धानमा बस्नेतले कर छली गरेको भेटिएको छ । उनको ‘ब्याकग्राउण्ड’ सँग यति ठूलो पैसाको मेल खान नसक्ने बताइएको छ । बस्नेतको चीनसँग व्यापारिक कारोबार गर्ने व्यवसायीसँग बढी हिमचिम रहेको खुल्न आएको छ । अहिलेको निर्वाचनमा उनी नेकपाका नेता अग्नि सापकोटासँग पराजित भएका थिए । उनी सिन्धुपाल्चोकका पूर्व सांसद हुन् ।

Leave a Reply

Your email address will not be published.