संघ \संस्था

समग्र विकासमा सहयोग पुर्याउन कोशी प्रदेश सरकारलाई नगर प्रमुख बुढाथोकीको आग्रह

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सामाजिक बिकास मन्त्री बुध्दिराज राजभण्डारीसँग मेचीनगरको समग्र स्थितिबारे जानकारी गराएका छन् ।

आज नगर प्रमुख बुढाथोकीले मुख्यमन्त्री कार्की र सामाजिक बिकास मन्त्री राजभण्डारीसँग भेटवार्ता गर्दै मेचीनगरको समग्र बिकास योजना र जनजीविकासँग सम्बन्धित बिषयमा प्रदेश सरकारलाई अवगत गराएका हुन् । नगर प्रमुख बुढाथोकीले चालू आ.व.मा सम्पन्न हुनु पर्ने योजना र आगामी आ.व.का लागि महत्त्वपूर्ण प्रस्तावहरु पेश गरिएको थियो ।

नगरप्रमुख बुढाथोकी, अग्रज पत्रकार सन्तोष आचार्यसहितको टोलीले मुख्यमन्त्री कार्की र सामाजिक बिकास मन्त्री राजभण्डारीसँग गरेको भेटवार्ता सकरात्मक रहेको नगरप्रमुख बुढाथोकीको सचिवालयले जनाएको छ ।