मेचीनगर । झापाको मेचीनगरमा सहकारी शिक्षा सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ ।
मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा सम्बन्धि एकदिने तालिम दिइएको हो ।

संस्थाले शनिबार प्रधान कार्यालय र मातहतका दुई शाखा कार्यालयमा कार्यरत कर्मचारी र सञ्चालक समिति सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरिएको थियो ।
तालिममा सहभागीले सहकारी संस्थाको महत्त्व, बिशेषता, यसले गर्ने प्रमुख कार्य, समाजमा सहकारीको दायित्वलगायत सदस्य किन सहकारीमा जोडिने, बचत गर्दा के फाईदा हुन्छ ? ऋण केका लागि किन खाने, सहकारीको माध्यमबाट सदस्यले कसरी भरपुर फाइदा लिने भन्ने बारेमा शिक्षा प्राप्त गरेको व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।

संस्थाको उपाध्यक्ष युवराज आचार्यको अध्यक्षतामा सम्पन्न तालिमको प्रशिक्षण संस्थाका लेखा सुपरिवेक्षण समिति संयाेजक नारायण दंगालले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सदस्य अनुप राजवंशीले गरेका थिए ।

