संघ \संस्था

क्लबको पहलमा गुरुको घर शिलान्यास

अर्जुनधारा । झापाको अर्जुनधारा-३ स्थित खुुदुनाबारी कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेला बहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीको आतङ्कले घर पूर्ण रुपमा क्षर्ति गरेपछि पैसाको अभावमा लिंदम पालमुनी बसोबास गर्दै आएका थिए । नयाँ वर्षको अवसरमा एक कार्यक्रम बीच संविधान सभा सदस्य प्रेम बहादुर गिरीले उक्त घरको शिलान्यास गरेका Read More…

धर्म संस्कृती

मेचीनगरमा सिरुवा पर्व धुमधामका साथ मनाइँदै

मेचीनगर । झापाको मेचीनगरमा सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । मेचीनगर १३ चारआली स्थिच उत्तरगंगामा आज राजवंशी समुदायले माटोको हिलो दलेर काद सिरुवा मनाएका हुन् । आयोजकका अनुसार पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन रहेको Read More…

संघ \संस्था

दलित उत्थान समन्वय समितिको तेश्रो साधारण सभा सम्पन्न, अध्यक्षमा टोलबहादुर

मेचीनगर । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् । शनिबार धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न समितिको तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा दिलबहादुर खाती चयन Read More…

संघ \संस्था

समग्र विकासमा सहयोग पुर्याउन कोशी प्रदेश सरकारलाई नगर प्रमुख बुढाथोकीको आग्रह

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सामाजिक बिकास मन्त्री बुध्दिराज राजभण्डारीसँग मेचीनगरको समग्र स्थितिबारे जानकारी गराएका छन् । आज नगर प्रमुख बुढाथोकीले मुख्यमन्त्री कार्की र सामाजिक बिकास मन्त्री राजभण्डारीसँग भेटवार्ता गर्दै मेचीनगरको समग्र बिकास योजना र जनजीविकासँग सम्बन्धित बिषयमा प्रदेश सरकारलाई अवगत गराएका हुन् । नगर प्रमुख Read More…

अर्थ संघ \संस्था

आराध्य साकोस मेचीनगरद्वारा सहकारी शिक्षा सम्बन्धि एकदिने तालिम सम्पन्न

मेचीनगर । झापाको मेचीनगरमा सहकारी शिक्षा सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा सम्बन्धि एकदिने तालिम दिइएको हो । संस्थाले शनिबार प्रधान कार्यालय र मातहतका दुई शाखा कार्यालयमा कार्यरत कर्मचारी र सञ्चालक समिति सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरिएको थियो । तालिममा Read More…

अर्थ

नकलबन्दा साकोसद्वारा सुपथ मूल्य सहकारी पसल सञ्चालन

नकलबन्दा । मेचीनगर ५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले १ गते शुक्रबारदेखि सहकारी पसल सञ्चालनमा ल्याएको छ । नकलबन्दामै मुख्य कार्यालय रहेको सरकारीले सहकारीको भवनमै शुलभ सहकारी पसल सञ्चालन गरेको हो । सहकारी पसलको उद्घाटन सहकारी संस्थाकी जेष्ठ सदस्य तेजकुमारी थापाले गरिन् । रिवन काटेर सहकारी पसलको उद्घाटन गर्दे प्रमुख अतिथि थापाले सम्पूर्ण Read More…

संघ \संस्था

‘मानव र हात्तीवीच सहअस्तित्व कायम गर्नुको विकल्प छैन’

मेचीनगर । मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजित मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ । ग्रीन जेनेरेशन झापाले आयोजना गरेको सो तालिममा र्यापिड रेस्पोन्स टिमका सदस्य, सशस्त्र र नेपाल प्रहरी तथा बाहुनडाँगीका स्थानीयले सहभागिता जनाएका थिए । प्रशिक्षमा मानिस र हात्तीबीचको द्वन्द घटाउँदै दुबै पक्षको सह अस्तित्व कायम Read More…

संघ \संस्था

मेचीनगरसहित देशैभर बैशाख ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह

मेचीनगर । व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक होउन् भन्ने उद्देश्यले सरकारले मेचीनगरसहित देशैभर बैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबारदेखि सात गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन हुने जनाएको छ। विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत Read More…