मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसंग छलफल गरेका छन् ।
नगरप्रमुख बुढाथोकीले शिक्षालाई प्राथमिकता दिदैँ मेचीनगरमा शैक्षिक उन्नतिका लागि भए गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै थप सुधारका लागि आवश्यक शैक्षिक ऐन संसोधन र प्रस्तावित शिक्षा नियमावलीसम्बन्धि छलफल र राय सुझाव संकलन गरिरहेका छन् ।

नगरप्रमुख बुढाथोकीको नेतृत्वमा शुक्रबार मेचीनगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, शिक्षा शाखा प्रमुख होम भण्डारी, लोकबहादुर दाहाल, शिक्षासेवी हरिचरण बानियाँ, शिव कुमार पौडेल, भास्कर घिमिरे, हेम खड्का, तुलसी प्रसाद निरौलालगायतसंग छलफल गरिएको थियो ।
छलफलले शैक्षिक क्षेत्रको विकासका लागि आगामी आर्थिक बर्षमा केकस्ता कार्यक्रम र बजेट विनियोजन गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

