झापा, श्रावण १० । झापा क्षेत्र नम्बर ३ (१)का माननीय साँसद बसन्त बानियाँले दुई पार्टी कार्यालय र संसदीय सम्पर्क कार्यालयको आज शुक्रबार उद्घाटन गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य तथा झापा क्षेत्र नम्बर ३ (१)का प्रदेश सभाका माननीय सांसद बानियाँले आप्mनो संसदीय सम्र्पक कार्यालय, नेकपा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको कार्यालय र नेकपा भद्रपुर वडा नम्बर १ को वडा कार्यालय उद्घाटन गरेका हुन् ।

भद्रपुर वडा नम्बर १ को पृथ्वीनगर हिमाली उत्तर आसामे लाईनमा रहेको कार्यालय उद्घाटन समारोहमा साँसद बानियाँले जनताको कामलाई सहज बनाउन यो सम्पर्क कार्यालय उद्घाटन गरिएको बताए । पहिला यस क्षेत्रमा पक्की सडक हेर्न भद्रपुर वा विर्तामोड जानु पर्दथ्यो अब त्यो अवस्थाको अन्त्य भएको छ । उनले भने कचनकवल गाउँ पालिकाको सबै क्षेत्र र पृथ्वीनगर महेशपुरको भित्री सडकहरु समेत पक्की बन्न लागेको छ ।
कार्यक्रममा संविधानसभाका साँसद मोहन टुडुले जनप्रतिनिधिहरुले गरेका राम्रा कामको प्रचार गर्ने र ध्यान पुग्न नसकेको क्षेत्रको ध्यानाकर्षण गर्न यो कार्यालय सफल हुने विश्वास व्यक्त गरे । तीनै तहको सरकारलाई जनताको सम्पर्क जोड्न यो कार्यालय सफल हुने विश्वास व्यक्त गर्नुहुँदै नेकपा जिल्ला कार्यालय सदस्य चन्द्रमाया श्रेष्ठले पार्टीकामलाई घनिभूत रुपले अगाडि बढाउन सुझाए ।
कार्यक्रममा भद्रपुर नगर पालिकाका प्रमुख तथा नेकपा जिल्ला सचिवालय सदस्य जीवन कुमार श्रेष्ठले जनताको समस्याहरु एकीकृत रुपमा संकलन गर्दै समस्या समाधान गर्न तथा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको संगठन बलियो बनाउन कार्यालय सफल हुने विश्वास व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक माधव विद्रोहीको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव मेदनी शिवाकोटीले सञ्चालन गरेका थिए ।

