संघ \संस्था

मैनालीलाई अभद्र व्यवहार गर्ने ओलीमाथी यातायात व्यवसायी संस्थाहरूले निकाले बिज्ञप्ती

मेचीनगर । पुर्व सांसद श्रीप्रसाद मैनालीमाथि भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेकाे भन्दै त्यस कार्यको बिरूद्धमा यातायात व्यवसायी संस्थाहरूले बिज्ञप्ती निकालेका छन् ।

बिहिवार द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा अतिथिका रूपमा सहभागी हुन मेचीनगर-६ काँकरभिट्टा खानेपानीको शभाहलमा पुग्ने क्रममा भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका थिए ।

यातायात क्षेत्रकाे अभिभावकका रूपमा रहेका पुर्व सांसद मैनाली माथि सार्वजनिक स्थलमा आक्रमण शैलीमा हातपात गर्नु गलत भएको भन्दै पुर्व मेची बस व्यवसायी प्रालिले बिज्ञप्ती निकालेको छ । पुर्व मेची बस व्यवसायी प्रालिको संस्थापक अध्यक्ष समेत रहेका मैनालीमाथि भएको घटना निन्दनीय रहेको भन्दै बिज्ञप्ती निकालेको छ ।

त्यस्तै सोही घटनाको बिषयमा ओलीको बिरूद्धमा महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याणकारी कोष, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघले संयुक्तरूपमा बिज्ञप्ती निकालेका छन् ।

अहिले ओलीको अभद्र व्यवहारको चर्को आलोचना भइरहेको छ ।