काठमाण्डौं, श्रावण ११ । गौतम बुद्ध रंगशाला निर्माणका लागि चितवनकी ७८ बर्षिय हजुरआमा डम्बर कुमारी पण्डितले प्रेम बहादुर पण्डित तथा डम्बर कुमारी पण्डित स्मृति प्रतिष्ठानको तर्फबाट नगद ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् । उनले छोरा नातीले यही रगंशालामा खेलेको हेर्ने रहर भएको बताईन् ।
फाउण्डेसनका अध्यक्ष धुर्मुसले ७८ बर्षिय हजुरआमाले पनि सहयोग गरेर चितवन रगंशाला निर्माणमा सकारात्मक रहेको सन्देश दिएको बताए । उनले यो उमेरमा पनि हजुरआमाले गर्नुभएको सहयोगले सबैलाई प्रेरणा मिल्नुको साथै काम गर्ने जोश जाँगर बढेको बताए ।

