मेचीनगर । आचार्य बन्धु सेवा समाज मेचीनगरले असार पन्द्रको अवसरमा अनाथ बालबालिका र बन्धुहरुलाई दही-चिउरा खुवाएको छ ।

असार पन्द्रको अवसर पारेर आचार्य बन्धु सेवा समाजले हिजो मेचीनगर-९ स्थित स्ववोध वाल केद्रमा गएर त्यहाँका अनाथ बालवालिकालाई दही-चिउरा र मिठाई खुवाएको हो ।

त्यस्तै एक कार्यक्रमको बिच मेचीनगरमा छरिएर रहेका कौडिन्य गोत्रका आचार्य बन्धुहरूलाई भेला पारेर दही(चिउरा खुवाउँदै विभिन्न बिषयमा छलफल समेत गरेको थियो । मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा आचार्य बन्धु तेजबहादुर आचार्यलाई सम्मान गरिएको आचार्य बन्धु सेवा समाज मेचीनगरका अध्यक्ष जयप्रसाद आचार्यले जानकारी दिए ।

मेची नगर साकोसको सभाहलमा सम्पन्न भएको भेलामा शुशिल आचार्य, नारायण प्रसाद आचार्य, योगेन्द्र प्रसाद आचार्य, अर्जुन आचार्य, श्याम आचार्य, चित्र वहादुर आचार्य, तेजवहादर आचार्य, निरानन्द आचार्य, गौरव आचार्य, मोहन आचार्य, यामप्रसाद आचार्य, जानुका आचार्य, चन्द्रा आचार्य, तारा आचार्य, निर्मला आचार्य, शान्ता आचार्य, विष्णु आचार्य, जीवन आचार्य, वुद्धिनाथ आचार्य, युवराज आचार्य, मदन आचार्यलगायतको उपस्तिथि रहेको थियो ।


