राजनीति

प्रजातान्त्रिक विद्यार्थी संगठन काँकरभिट्टा मावि अध्यक्षमा भट्टराई

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन काँकरभिट्टा मावि अध्यक्षमा विशाल भट्टराई चयन भएका छन् । आज भएको काँकरभिट्टा मावि (प्लस टु ) ईकाई अधिबेशनले बिशाल भट्टराईको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रियाज दाहाल, प्रल्हाद ओली र सोनु ठटाल, सचिवमा गणेश यादव, सहसचिवमा प्रवेश अधिकारी र सोहन पनेरु, कोषाध्यक्षमा रेविका उराउ सहकोषाध्यक्षमा प्रास्ना मगर, सदस्यहरुमा आलेश राई, अप्सरा पोख्रेल, प्रास्ना कटुवाल, कृति काफ्ले, सुरज हेमरम, आयुस दाहाललगायत ३५ सदस्यीय समिती रहेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय सदस्य सुनिल धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्याक्रममा विद्यार्थी संगठन जिल्ला अध्यक्ष चक्र फुयाल, राप्रपा मेचीनगर सचिव बिशलकृष्ण बास्तोला, युवा संगठनका नेता राजु सिवाकोटी, दिवाकर काफ्ले, राप्रपा मेचीनगर युवा संगठनका अध्यक्ष गोविन्द बुदाथोकी, विद्यार्थी संगठन जिल्ला अधिबेशन आयोजक समितिका चरण प्रसाई, विद्यार्थी संगठनका हिमाल बजगाईलगायतको उपस्थित थियो ।

काँकरभिट्टा बहुमुखी क्याम्पस इकाई सचिब सागर सिवकोटीले स्वागत गरेको कार्यक्रम सञ्चालन विद्यार्थी संगठन जिल्ला अधिबेशन आयोजक समिति सदस्य सन्जोक खनालले गरेका थिए ।

जिल्ला सम्मेलनको तयारीमा रहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले हाल इकाई कमिटी गठन कार्यलाई तिव्र दिइरहेको छ । अहिले मावि, क्याम्पस हुँदै पालिका र जिल्ला सम्मेलन गरिने जिल्ला अधिबेशन आयोजक समितिका सदस्य चरण प्रसाईंले जानकारी दिए ।