धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल असोज ३ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –  रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –  परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।