संघ \संस्था

भ्रष्टाचार गरेको भन्दै वडाध्यक्षलाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला

काठमाण्डौं, श्रावण ३० । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् ।
भ्रष्टाचार र अनियमितता गरेको भन्दै केही युवाले कालोमोसो लगाएर आइन्द सच्चिन भन्दै चेतावनी दिदै भागेको वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए ।
बिहीवार वडा कार्यालय ज्यामरुककोटमा ‘३–४ जना युवाहरु आएर कालोमोसो लगाउदै वडा अध्यक्षको मोबाइल समेत लिएर गएका छन् । घटना घटे लगत्तै वडा सचिव राजाराम शर्माले प्रहरीलाई घटनाबारे जानकारी गराए पछि प्रहरीले अनुशन्धान गरीरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.