मेचीनगर । मेचीनगर नगरपालिकाले जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी जनाउने मेचीनगरकाे क्रिकेट खेलको टिमलाई शुभकामना सहित बिदाई गरेको छ ।
आज नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहितको टोलिले बुद्धशान्ति गाउँपालिकामा हुने जिल्ला स्तरिय अन्तर पालिका क्रिकेट प्रतियोगितामा सहभागी जनाउने अभ्यास तिम्सिनाको कप्तानी लाक्पा लामाको कोच तथा बरदान खड्का म्यानेजर रहेको मेचीनगरकाे टिमलाई जर्सी प्रदान गर्दै जितको शुभकामना सहित बिदाई गरेको छ ।

आज मेचीनगरले आयोजक बुद्धशान्ति गाँउपालिकासंग प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले जानकारी दिए ।
विदाई कार्यक्रममा नगरप्रमुख बुढाथोकीसंगै उपप्रमुख मीना पोख्रेल उप्रेती, निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, सामाजिक विकास संयोजक हृदय राजवंशी, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल नगर खेलकुद विकास समिति सदस्य मानबहादुर तामाङलगायतको सहभागीता रहेको थियो ।

