संघ \संस्था

चारआली जेसिजद्वारा समय व्यवस्थापन र सोसल मिडियाको उचित प्रयोग सम्बन्धि तालिम सम्पन्न

मेचीनगर । चारआली जेसिजको आयोजनामा एकदिने समय व्यवस्थापन र सोसल मिडियाको उचित व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न तालिममा मुख्य प्रशिक्षक नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगेस राजवंशी रहेका थिए । उनले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई समयलाई कसरी सहि व्यवस्थापन गरि सफल बन्ने भन्ने बारेमा उनले प्रशिक्षण दिएका थिए ।

साथै तालिममा उनले सहभागिहरुलाई पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको घटनाहरु बढ्दै गइरहेको अवस्गामा त्यसलाई कसरी उचित प्रयोग गर्ने भन्ने बिषयमा जानकारी समेत दिएका थिए ।

चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीको अध्यक्षतामा भएको तालीममा शाखाका पधाधिकारी, सदस्यहरु साथै स्थानीय स्कुल र क्याम्पसका विद्यार्थीहरु समेत गरी करिब ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सन्देश न्यौपानेले जानकारी दिए । कार्यक्रम संचालन महासचिव उत्सव भट्टराईले गरेका थिए ।