धुलाबारी । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
६७ औँ राष्ट्रिय सहकारी स्थापना दिवसको अवसरमा भानु बहुमुखी सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रममा ४३५ जनाले सेवा लिएका छन् ।

धुलाबारी पश्चिम बस स्टेण्ड छेउ संस्था परिसरमा आयोजित रक्तदान कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालसहित ११४ जनाले रक्तदान गरेको संस्थाका संस्थाका अध्यक्ष गोपाल चुडालले जानकारी दिए ।
त्यस्तै निःशुल्क स्वास्थ्य शिविरमा ३२१ जनाले उपचार सेवा लिएको उनले बताए । स्वास्थ्य शिविरमा डाक्टर पिताम्बर ठाकुर र पोषणरमण त्रिपाठी लगायतले विरामीहरुलाई उपचार सेवा प्रदान गरेका थिए ।
अध्यक्ष चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

