मेचीनगर । फुटबल खेलको हबको रूपमा रहेको झापा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले युवा संगै बालबालिकालाई पनि समेटेर अगाडि बढी रहेको छ ।
युवा समुहमा देशकै ठुलठुला फुटबल प्रतियोगितामा सहभागी जनाएर उपाधिसमेत हात पार्न सफल काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले यस पटक नवौं यु-१३ ओसियन कप फुटबल प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्दै छ ।

देशकै चर्चित १२ क्लबहरू सम्मेलित प्रतियोगितामा उपाधि हत्याउने दाउमा आफ्नो टिम सहभागी भएको काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतले बताए ।
प्रतियोगिता चैत २८ गतेदेखि सञ्चालन हुदैछ ।

