काठमाण्डौंं, भाद्र ८ । चितवन जिल्ला साँझ परेपछि रणभूमीमा परिणत भएको छ । त्यहाँ प्रहरी र चर्चित सञ्चारकर्मी रवि लामिछानेका समर्थकबीच बारम्बार झडप भएको छ । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । तीनै जनालाई अदालतबाट फेरि प्रहरी हिरासतमा लैजाने क्रममा प्रदर्शनकारी प्रहरीमाथि खनिएका थिए । त्यहाँ प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।

