संघ \संस्था

रविलाई हिरासत नै फर्काइयोे

काठमाण्डौ, भाद्र ८ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरु पुनः प्रहरी हिरासतभित्रै बस्नु पर्ने भएको छ ।
आज अस्मिता कार्की ‘रुकु’को मात्र अदालतमा बयान सकिएको छ भने भोली लामिछाने र कँडेलको बयान सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।
यसअघि प्रहरीले आत्मह’त्या दुरु’त्साहनमा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राय पेश गरेको थियो । उनीहरुलाई सरकारी वकिलको कार्यालयमा पेश गरिए लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरि अनुसन्धानका विषयमा जानकारी गराएको थियो ।
यो घटनामा अनुसन्धानका लागि खटिएका केन्द्रिय अनुसन्धान व्यरो ९सिआईबी० का एसपी दिपक रेग्मीले आफ्ना तर्फवाट अनुसन्धानको काम सम्पन्न गरि सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिएका थिए । अनुसन्धानका क्रममा सो घटनामा आत्मह’त्या गर्न दुरु’त्साहन गरिएको प्रमाणहरु भेटिए सँगै सोहि अनुरुप प्रमाणहरु पेश गरिएको रेग्मीले बताएका थिए ।
प्रहरीले लामिछाने सहित तीन जनालाई पक्राउ पछि दोस्रो पटक माग गरेको समय शनिवार सम्पन्न भएको थियो । सरकारी वकिल कार्यालयले अदालतमा आजै मुद्धा दर्ता गरेकोमा अदालतमा बयान नसकिएको हुँदा अभियुक्तहरुलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको वहस हुनेछ ।
साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डीएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्मह’त्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । नयाँ कानुनमा आत्मह’त्या गर्न वाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । आत्मह’त्या दुरु’त्साहनमा पाँच वर्ष सम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.